पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, जनकपुरधाम, धनुषा जिल्लामा वि.स. २०४९ मा त्यतिबेलाको कार्यक्षेत्र साविक मध्यमाञ्चल विकास क्षेत्रका १९ वटा जिल्लाहरु पशुपन्छीको रोग निदान तथा प्रकोप महामारी अनुसन्धान गर्ने उद्देश्यले क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालाको रुपमा स्थापना भएको हो । देशमा संघियता आए संगै, यो प्रयोगशाला संघिय सरकारको मातहतमा पर्छ र हाल मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बरा र पर्सा गरी जम्मा ०८ वटा जिल्लामा सेवा दिदै आइरहेको छ। यस प्रयोगशालाको मुख्य लक्ष्य मधेश प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रहरु, स्थानिय तहका पशु सेवा शाखाहरु, प्राबिधिकहरु, सेवाग्राहीहरु र पशु स्वास्थ्य संग सम्बन्धित अन्य निकायहरुलाई छिटो, छरिटो र उपयुक्त रोग निदान सेवा प्रदान गर्ने र पशुपन्छीका रोगहरुको अनुसन्धानमा सहयोग र सहायता गरि पशुपन्छीको स्वास्थ्यलाइ प्रवर्द्धन गर्ने र उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरीय पशुपन्छी जन्य पदार्थहरु सुनिश्चित गर्नु हो। यस प्रयोगशाला खाद्य सुरक्षा, प्रकोप अनुसन्धान, रोग नियन्त्रण रणनीति तयार गर्न, पशुपन्छीमा महामारीको रुपमा फैलिएका रोगहरुको प्रोफाईल बनाउन साथै नियमित रोग सर्भिलेन्स ईपिडेमिक रोग अन्वेषण पनि नियमित रुपमा हुदैआईरहेको छ। जसको फलस्वरुप बर्ड फ्लु जस्ता स्ता माहामारी रुपमा देखा पर्ने सिमा बिहिन पशुपन्छी रोगहरुको समयमै सही रुपमा रोग निदान भई रोग नियन्त्रण कार्यमा सहयोग पुगेको छ।